नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरुले गरे अन्तर्राष्ट्रिय उडान

नेपालको इतिहासमा पहिलोपटक महिला क्रु–मेम्बरहरुले गरे अन्तर्राष्ट्रिय उडान


नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन्।

पाइलट भावना गिरी पन्तसँगै कोपाइलट श्रृजना राउतको टोलीले  उडान भरेका हुन्। एयर बस ३२० जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेस सबै महिला रहेका छन्।

यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रू मेम्बर महिला रहेको निगमले जनाएको छ। जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। त्यस्तै एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन्।

निगमले महिला दिवसका अवसरमा एउटा उडान सबै महिला क्रू मेम्बरबाट गराएको हो। निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेकाअनुसार नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रू मेम्बर महिला भएको पहिलो उडान हो।

Logo