दुर्गा प्रसाईले बनाएको युवा दस्ताका संयोजक पक्राउ

दुर्गा प्रसाईले बनाएको युवा दस्ताका संयोजक पक्राउ


पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक अभिव्यक्ति दिएर चर्चामा रहेका व्यवसायी दुर्गा प्रसाईविरुद्ध सरकारले एक्सन लिएको छ । 

प्रसाईले बैंक तथा वित्तीय संस्थाका म्यानेजरलाई कालोमोसो दल्ने भन्दै युवा दस्ता बनाएका थिए । उक्त दस्ताका संयोजक शम्भु थापा बुधबार पक्राउ परेका छन् । प्रहरीले चितवनबाट उनलाई पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी चितवनमा राखिएको प्रहरीले जनाएको छ । 

कालोमोसो भन्दै अराजक अभियानमा जोडिएका अन्यलाई पनि प्रहरीले खोजिरहेको छ ।

Logo