#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31274861965635745752622851700
नेपाल652764271761147238

गोकर्णेश्वरका वडासचिव २५ हजार घुससहित पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ का वडासचिव २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । घरजग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि भनेर लिएको २५ हजार घुससहित वडासचिव दिनेश बास्कोटा पक्राउ परेका हुन् ।

बास्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो ।

बास्कोटालाई घुस रकम लिइसकेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरिएको अख्तियारले बताएको छ ।

बास्कोटामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार