राष्ट्रपति निर्वाचनकाे मत परिणाम आज साँझ ७ बजे भित्र सार्वजनिक

राष्ट्रपति निर्वाचनकाे मत परिणाम आज साँझ ७ बजे भित्र सार्वजनिक


आज हुन गईरहेको राष्ट्रपतिको निर्वाचनकाे मत परिणाम आजै सार्वजनिक हुनेछ।

निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ। उनका अनुसार बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ। ‘मतदानस्थलमा नै मत गणना गर्नेछौं र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने।

संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद सांसद अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुष्ठ रुपमा मत परिणाम घोषणा गरिने गरी तयारीका साथ आयोगले राष्ट्रपति निर्वाचनको तयारी पुरा गरेको छ। आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ।

Logo