राष्ट्रपति निर्वाचनः मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध

राष्ट्रपति निर्वाचनः मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध


आज हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ।

मतदाताहरुले मतदान स्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ। ‘मतदान स्थलमा मोबाईल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै लाइटर, हातहतियार जस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाईने छैन्। 

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ।

Logo