#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30940524960224743152822548772
नेपाल627974011712945267

हुण्डी कारोवारी ३८ लाख रकमसहित पक्राउ

काठमाडौँ,

अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले विहिबार दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरसिजका सञ्चालक गोवद्र्धनप्रसाद सरावगी र अर्घाखाँची शीतगङ्गा नगरपालिका–४ का २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौँको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भट्टराईबाट ३० लाख तथा सरावगीबाट आठ लाख १२ हजार बरामद गरेको हो ।

सोह्र किलो चरेशसहित पक्राउ

प्रहरीले १६ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८३८५ र ना १ ज ५५८२ नं को टाटा सुमो जाँचका क्रममा मकवानपुरका ५१ वर्षीय प्रताप मोक्तान र १९ वर्षीय सन्तोष खत्रीलाई विहिबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अशोक सिंहले कालो रङको दुई झोलामा चरेश लुकाएर ल्याएको अवस्थामा मोक्तान र खत्रीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले एउटा झोलाबाट १४ किलो ५२० ग्राम तथा अर्को झोलाबाट एक किलो ९६० ग्राम चरेश बरामद गरेको हो । पक्राउ परेका व्यक्तिबारे महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु