#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32139196982732744815323708311
नेपाल693014531843750411

मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन सक्दैन : काँग्रेस उपसभापति निधि

जनकपुरधाम,

नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन नसक्ने बताउनु भएको छ ।

सीताराम विवाह महोत्सव अन्तर्गत विहिबार जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आएका प्रतीकात्मक जन्तीलाई स्वागत गर्दै पूर्वउपप्रधानमन्त्री निधिले मिथिला र अयोध्याको सम्बन्ध शाश्वत रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

मिथिलावासी भौतिक सम्पत्तिका दृष्टिले गरीब भए पनि मनको धनी भएको चर्चा गर्दै उहाँले रामको ससुराली मिथिला र सीताको कर्मघर अयोध्या भएकामा मिथिलावासीलाई गर्व छ भन्नुभयो । उहाँले सीताको साथले नै राम शक्तिशाली हुनुभएको र मर्यादा पुरूषोत्तम हुने गौरव प्राप्त गर्नुभएको हो भन्दै माता सीताकै कारण रामराज्य आदर्शका रूपमा स्थापित रहेको बताउनुभयो । अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा रामसँगै सीताको मूर्ति पनि निर्माण हुनुपर्दछ भन्दै उपसभापति निधिले रामसँग सीताको मूर्ति नराखिएमा सीतारामको शक्ति नै अधुरो रहने धारणा राख्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले अयोध्या र मिथिलावासीको सम्बन्ध अटुट भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार