राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ (फोटोफिचर)

राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ (फोटोफिचर)


मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया जारी छ ।

राष्ट्रपतिका उम्मेदवारद्धय ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो । 

‘बिहान १० बजे देखी सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन ।’ मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाईएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ ।

 

Logo