#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1243483055840146238247252605
नेपाल166493586038011

तेहौँ साग : महिला भलिबलमा नेपाल भारतसँग पराजित

भारत विरुद्दको खेलमा स्पाइक गर्दै, नेपाली स्पाइकर प्रतिमा माली

काठमाडौं,

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत विहिबार भएको दोस्रो खेलमा नेपाली महिला भलिबल टोली भारतसँग पराजित भएको छ । भारतले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल २४–२२ अङ्कको अवस्थामा पुगेको थियो । त्यसपछि खराब खेल प्रदर्शन गर्दा जितबाट वञ्चित रह्यो । नेपालले पहिलो सेट २४–२६ अङ्कले गुमायो । दोस्रो र तेस्रो सेटमा भने भारत नेपालमाथि हाबी रह्यो । नेपालले दोस्रो सेट २५–१२ अङ्कले तथा तेस्रो सेट २५–१६ अङ्कले हा¥यो ।

यसअघि नेपालले बुधबार पहिलो खेलमा बङ्गलादेशलाई ३–० सेटले हराएको थियो । नेपालले उक्त खेल २५–९, २५–९ र २५–११ अङ्कले जितेको थियो । नेपाल महिला भलिबलको समूह ‘ए’ मा छ । उक्त समूहमा भारत र बङ्गलादेशसमेत छन् । समूह चरणको अन्तिम खेल शुक्रबार भारत र बङ्गलादेशबीच हुनेछ । सो खेलमा भारतले बङ्गलादेशलाई हराए नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार