फेसबुक स्टाटसले तनावमा राजेश पायल राई, सञ्चारमाध्यमप्रति पोखे आक्रोश

फेसबुक स्टाटसले तनावमा राजेश पायल राई, सञ्चारमाध्यमप्रति पोखे आक्रोश


गायक राजेश पायल राईले बिना प्रमाण आफूविरुद्ध समाचार लेखेर मानहानी गर्न खोजिएको भन्दै सञ्चारमाध्यमप्रति आक्रोश पोखेका छन् । 

बुधबार राजेश पायलकी पत्नी साङबुङ राईले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको भन्दै लेखेको एउटा स्टाटस भाइरल भएको थियो । त्यसपछि राजेशप्रति केही सञ्चारमाध्यमले समाचार बनाउनुका साथै सामाजिक सञ्जालमा गालीको ओइरो लागेको थियो । जसमा उनले प्रमाण ल्याउन चुनौती दिएका छन् । 

उनले भनेका छन्,  ‘बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ? अनेक–अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ ? आउनुस् म चुनौती दिन्छु, यदि प्रमाण ल्याउनुभयो भने तपाईँको पाउमा मेरो शिर राखिदिन्छु ।’

आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको उनको दाबी छ । 'हिजो घटेको घटना रहेछ  बच्चालाई हस्पिटल लगेको होला,नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला रातो दाग होला ! घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शिर  तपाईंको हातमा राखिन भने म किराती होइन यदी मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता ,यानेकी तपाईंको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् तर त्यती गर्दा चै तपाईं को चुल्हो बल्नु पर्छ नी ? अ हिजो को चल्लो आजको के रे …र ..मेरो भलो नचिताउने,मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागेको हुँदा ,आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आस्चार्य मान्नु पर्ने छैन ।आसा छ त्यो क्षणमा मलाई मेरा सुभचिन्तक ,साथीभाइ र सन्चारकर्मी ले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ ।' उनले लेखेका छन् । 

यस स्टाटसप्रति उनकी पत्नी साङबुङले पनि स्पष्टिकरण दिएकी छन् । उनले आफ्नो फेसबुक अकाउण्ट ह्याक भएको उल्लेख गर्दै भनेकी छन्, ‘अस्ति देखि मेरो फेसबुक अकाउण्ट ह्याक भएको हुँदा हाम्रो छोराप्रति मेरो बुढा राजेस पायल राइप्रति अनेक लाञ्छना लगाएको पोष्टप्रति म क्षमा चाहन्छु ।’ 

Logo