राष्ट्रपति निर्वाचनको मत गणना जारी

राष्ट्रपति निर्वाचनको मत गणना जारी


राष्ट्रपति निर्वाचनको मत गणना कार्य शुरु भएको छ । मतदान सकिएको करिव ४५ मिनेटपछि मत गणना कार्य शुरु भएको हो । 

संसद भवन नयाँ बानेश्वरमा यतिबेला राष्ट्रपतिका लागि मत गणना कार्य शुरु भएको हो । कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ ।  

राष्ट्रपतिमा नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन्  । 

निर्वाचन आयोगले आज साँझ सभा सात बजेभित्र नै मत गणना सकी नतिजा सार्वजनिक गर्ने बताएको छ । बिहान १० बजे शुरु भएको मतदान पौने ३ बजे सकिएको थियो ।  

Logo