#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30898751959405744088822498458
नेपाल627974011712945267

साग पुरुष भलिबल : भारतलाई जित्‍नै पर्ने दबाबमा नेपाल

काठमाडौं,
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको अन्तिम खेल आज भारतसँग खेल्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारत र नेपाल साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘ए’ मा रहेको नेपाल बुधबार बंगलादेशसँग पराजित भएको थियो। नेपाली खेलाडीले चार सेटमा उत्कृष्ट प्रदर्शन गरे पनि पाँचौं सेटमा कमजोर प्रदर्शन गरेका थिए।

बंगलादेशसँग ३-२ सेटले पराजय भएको नेपाल सेमिफाइनलमा स्थान सुरक्षित गर्न भारतलाई जित्नै पर्ने दबाबमा छ। तर यस अगाडि भारतसँग भएको मैत्रीपूर्ण खेलमा सोझो सेटबाटै नेपाल पराजित भएको थियो।

बिहीबार भएको बंगलादेश र भारतबीच भएको खेलमा भारतले (३-० को) सोझो सेटमा बंगलादेशलाई पराजित गरेको छ। समूह ‘ए’मा भारत, बंगलादेश र नेपाल रहेका छन् । समूह ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा पाकिस्तानले (३-० को) सोझो सेटमा माल्दिभ्सलाई पराजित गरेको छ।

सम्बन्धित समाचारहरु