प्रधानमन्त्री हुने बाटोतिर गइरहेको छु जस्तो आभास भएको छ -गगन थापा

प्रधानमन्त्री हुने बाटोतिर गइरहेको छु जस्तो आभास भएको छ -गगन थापा


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गईरहेको जस्तो आभास भईरहेको बताएका छन् । 

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै महामन्त्री थापाले सो टिप्पणी गरेका हुन् । 

अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि उनी सो सम्मेलनको अन्तिम वक्ता भएका थिए । हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अव यथार्थमा प्रधानमन्त्री हुन लागेको होकी भन्ने लागेको उनको भनाई थियो । 

महामन्त्री थापाले राजनीतिज्ञहरुलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशास्त्रीहरुलाई आग्रह गरे । मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशास्त्रीहरुले गाली गर्ने गरेको उनको गुनासो थियो ।

महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशास्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराए । 

Logo