१० दलमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुट्न सकेन

१० दलमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुट्न सकेन


सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपतिमा साझा उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन असमर्थ भएको छ । शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।

सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको राउतले बताए । राउतका अनुसार जनमतले एकजना र जसपाले दुईजना उम्मेदवारको मनोनयन दर्ता गराउने तयारी भएको छ ।

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन जसपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक पार्टी मुख्यालयमा बस्ने छ । चार दल नेपाली कांग्रेस,  माओवादी, नेकपा (एस) र (जसपा) बीच जसपालाई उपराष्ट्रपति दिने सहमति यसअघि नै भइसकेको छ ।

Logo