उदयपुरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

उदयपुरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु


उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो । 

शुक्रबार साँझ घरमा बिजुली सट भएर आगलागी हुँदा जलेर घटनास्थलमा उनीहरूको मृत्यु भएको हो । आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको कारण दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, आगलागी हुँदा घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

Logo