आरआर क्याम्पसमा विद्यार्थीहरूको तालाबन्दी

आरआर क्याम्पसमा विद्यार्थीहरूको तालाबन्दी


स्ववियु निर्वाचनको तयारीमा जुटेका विद्यार्थी संगठनहरूले रत्नराज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियुविरुद्ध षड्यन्त्रपूर्ण हर्कत चलिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

२६ फागुनमा अनलाइनमार्फत सार्वजनिक गरिएको मतदाता नामावलीलाई व्यापक रूपले हेरफेर गर्ने कार्यमा क्याम्पस प्रशासन र निर्वाचन समिति संलग्न भएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । कुनै एउटा संगठनलाई फाइदा पुग्नेगरी गतिविधि भइरहेको भन्दै विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीको नाम थपघट गरिएकाले निष्पक्षा छानविन नभएसम्म तालाबन्दी जारी नै रहने उनीहरूको चेतावनी छ ।

नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी,  अरेरा स्ववियू क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

Logo