हाम्रा पुर्खा जति विद्वान कतै छैनन्, इतिहासलाई लुकाउन खोजियो -अध्यक्ष ओली

हाम्रा पुर्खा जति विद्वान कतै छैनन्, इतिहासलाई लुकाउन खोजियो -अध्यक्ष ओली


नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन् । 

नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष ओलीले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको टिप्पणी गरेका हुन् । उनले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेको बताए ।

उनले नेपालका पुर्खाहरु जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गरे । वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरुको बारेमा नेपालीहरुलाई बुझाउन आवश्यक रहेको उनले बताए ।

अध्यक्ष ओलीले नेपाल इतिहासमा पनि विद्वानहरुको भूमि भएको र भविष्यमा पनि विद्वानहरुको भूमि हुने बताए । उनले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताए । 

नेपाल जस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको अध्यक्ष ओलीकाे भनाइ छ । 

Logo