कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला


कैलालीमा एक जना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरमा एक जनाको शव फेला परेको हो ।

लक्ष्मी सामुदायिक वनमा करिब ६० वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

शनिबार बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo