#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30652084955187738782722309070
नेपाल615933901738343820

काभ्रेको धुलिखेल-२ मा शान्तिपूर्णरुपमा मतदान हुँदै

काठमाडौं,

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर. २ मा उपचुनाव अन्तर्गत आज शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ । सेतीदेवी मावि केन्द्रमा सुरु भएको मतदानमा एक हजार आठ सय ७७ मतदाता रहेका छन् । ती मध्ये ९ सय २८ पुरुष र ९ सय ४९ महिला रहेका छन् ।

कास्कीमा पनि मतदान शुरु

कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ ।

यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ ।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिका अन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार