यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा


आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेपालविरुद्ध यूएईले केही बेरमा बलिङ गर्नेछ । नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । नेपालले उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई स्थान दिएको छ । 

नेपाल आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । सोझै विश्वकप छनोट खेल्न पनि नेपाललाई आजको जित महत्वपूर्ण छ ।

Logo