सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु


सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बा २ ख ६५९६ नम्बरको बस  सडकको भित्तामा ठोक्किदा दुर्घटना भएको हो । चालक फरार छन् ।

ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोतर्फ ल्याइँदै छ । एक जना घाइतेलाई उपचारकालागि घुर्मिमा पठाइएको छ । 

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । 

Logo