उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नहुने भन्दै कानून व्यवसायीको ध्यानाकर्षण

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नहुने भन्दै कानून व्यवसायीको ध्यानाकर्षण


उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

आईतवार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराएका हुन् । 

संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन् । 

उनले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवार अहिलेको सन्दर्भमा अनुपयुक्त भएकाले खस आर्य बाहेकको महिलालाई उम्मेदवार बनाउनुपर्ने बताइन् । उनले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताइन् । 
 
अधिवक्ता खतिवडाले संविधानको मर्म र भावना भनेको राष्ट्रपति÷उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि रहेको भन्दै पुरुष बाहेकको उम्मेदवारी योग्य रहेको बताइन् । 

Logo