भारतलाई नेपालले दियो जवाफ, ‘कालापानी, लिम्पियाधुरा हाम्रै हो’

भारतलाई नेपालले दियो जवाफ, ‘कालापानी, लिम्पियाधुरा हाम्रै हो’


काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको जवाफ फर्काएको छ ।

भारतको उत्तराखण्ड राज्यको धार्चुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ दिंदै जिल्ला प्रशासन कार्यालय दार्चुला यस्तो बताएको हो ।

जुलाई १४ मा धार्चुलाले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका स्थान भारतको भएको र यहाँ नेपालीहरुलाई प्रवेश नदिन नेपालको दार्चुला जिल्ला प्रशासनलाई पत्र पठाएको थियो ।

‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली (महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेक लगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ ।’ नेपालले भारतलाई पठाएको पत्रमा उल्लेख छ ।

 

Logo