हामी द्वन्द हाेइन, राज्यको अग्रगामी पुनःसंरचना चाहन्छाैँ -उपाध्यक्ष महरा

हामी द्वन्द हाेइन, राज्यको अग्रगामी पुनःसंरचना चाहन्छाैँ -उपाध्यक्ष महरा


नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले राज्यको अग्रगामी पुनःसंरचना हुनुपर्ने बताएका छन् । 

आईतवार माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष महराले वृहत शान्ति सम्झौता गर्दा आफूहरुले राज्यको अग्रगामी पुनःसंरचना गर्ने मान्यता आफूहरुको रहेको भन्दै आजसम्म पुनःसंरचना हुन नसकेको बताएका हुन् । उनले देश प्रतिगमनको दिशामा अगाडि बढिरहेको बताए । आफूहरुले शान्ति चाहेको र शान्तिबाट विचलित नहुने भन्दै राज्यको अग्रगामी पुनःसंरचना भने आवश्यक रहेको उनले बताए । 

उनले वर्गिय, क्षेत्रिय, लिङ्गीय भेदभाव मेटिनेगरी राज्यको पुनःसंरचना नहुँदासम्म द्वन्द्व निम्तिइ रहने बताए । उनले आफूहरुले द्वन्द नचाहेको र शान्तिपूर्ण रुपमा राज्यको पुनःसंरचना होस् भन्ने चाहेको उल्लेख गरे । 

Skip This
Logo