आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता

आइएमई पे मोबाइल टप अपमा पाँच प्रतिशत क्यासब्याकको निरन्तरता


आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।

टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावत राखिएको हो । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

भौतिक नगदभन्दा बढी डिजिटल कारोबरको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टप अपमा पाँच प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडी बढनेमा सहमत देखिएको छ ।

आमसेवाग्राहीहरूले दुई हजार (रू.२, ०००) रिर्चाज गर्दा एक सय (रू. १००), एक हजार (रू. १, ०००) गर्दा पचास (रू. ५०) र एक सय (रू.१००) गर्दा पाँच (रू.५) क्यास ब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%) सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ । यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ ।

Logo