#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1145328053486244361506482268
नेपाल157843492036547

काभ्रेको धुलिखेल -२ र सिन्धुपाल्चोकको इन्द्रावती–८ मा नेकपा विजयी

धुलिखेल,

काभ्रेको धुलिखेल २ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका देवप्रसाद कोइराला वडा अध्यक्षमा विजयी भएका छन् । उनी ८६७ मत ल्याई विजयी भएका हुन्।

नेपाली कांग्रेसका दर्ण बहादुर खत्रीले ५८२, राष्ट्रिय जनता पार्टी नेपालका कृष्ण बहादुर तामाङले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका बासु थापाले ६ मत प्राप्त गरेका थिए । जम्मा खसेको मत १५०२ मध्ये ३२ मत बदर भएको थियो।

सिन्धुपाल्चोक

जिल्लाको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्ष कांग्रेसले गुमाएको छ । पूर्वएमालेको किल्ला मानिने यो वडाको वडाध्यक्षमा नेकपा उम्मेदवार केदार आचार्य निर्वाचित भएका छन् । सात सय १२ मत ल्याएर बिजेता बनेका उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्म्मेदवार राले तामाङलाई दुई सय ७३ मतान्तरले पराजित गरे । तामाङले चार सय ३९ भोट पाए ।

यसअघिको स्थानीय चुनाव जितेका वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि रिक्त स्थान पूर्तिको लागि उपनिर्वाचन भएको थियो । उनले कांग्रेसबाट जितेका थिए ।

सल्यानमा नेकपा विजयी

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका धर्मे बुढा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खड्कबहादुर बोहरालाई पाँच सय ४१ मतले पछाडि पार्दै बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

बुढाले सात सय ९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बोहराले दुई सय ५१ प्राप्त गरे । त्यस्तै राप्रपाका गोपाल शाहले २१ मत पाएका जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । यहाँ कूल ११ सय २४ मतमध्ये ६० मत बदर भएको थियो ।

पुनबार्स ३ वडा अध्यक्षमा नेकपाका तामाङ विजयी

कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङ बिजयी भएका छन् । ५ सय २८ मत प्राप्त गरि उनी विजयी भएका हुन् ।

नेपाली कांग्रेसबाट दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गरेका छन् । समाजवादी पाटीबाट भीमबहादुर पाख्रिनले ७५, राप्रपाका पदमबहादुर शाहीले ७ मत पाएका छन् भने ४ मत बदर भएको छ । १ हजार ९ सय ९९ मतदाता रहेकोमा ९ सय २४ मत खसेको थियो ।

थबाङमा नेकपाका उम्मेदवार वडाध्यक्षमा विजयी

रोल्पाको थबाङ १ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जनक बहादुर बुढामगर विजयी भएका छन्। उनले १ सय ७४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कमल बहादुर रोकाले २६ मत ल्याए भने ९ मत बदर भएको छ ।

शनिबार रोल्पाको थबाङमा भएको उपनिर्वाचनमा १६ प्रतिशत मात्र मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रमेश प्रशाद ज्ञवालीका अनुसार १ हजार २ सय ७४ मतदाता रहेको यहाँ २ सय ९ मत खसेको हो । ११२ महिला र ९७ पुरुषले मतदान गरेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार