पोखरा,
कास्की–२ को मतगणना आज बिहानबाट सुरु भएको छ । प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छिन् ।
भट्टराईले ३२७६ मत पाएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् । यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन् ।