गगन थापाको टिप्पणीः काँग्रेस भित्रैबाट विपीमाथि अन्याय भइरहेछ

गगन थापाको टिप्पणीः काँग्रेस भित्रैबाट विपीमाथि अन्याय भइरहेछ


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरेका छन् । 

आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र रहनु विपीमाथि नै काँग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो । नेपाल ट्रेड युनियन काँग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौति आज रहेको र त्यसको समाधान विपी कोइरालाको भनाईलाई खोजेर गर्न नसकिने स्पष्ट पारे  ।

उनले हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरुलाई सचेत गराए । 

महामन्त्री थापाले विपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताए । उनले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताए । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो ।  

Logo