टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२३ सफलतापूर्वक सम्पन्न

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२३ सफलतापूर्वक सम्पन्न


नेपालको ४ वटा डिभिजनहरूको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन ‘साइटेसन २०२३’ सम्पन्न गरेको छ। 

गत शनिबार आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लबबाट करिब ४०० सदस्य सहभागी थिए। उत्कृष्ट सञ्चार–कौशल भएका टोस्टमास्टर क्लब बाहिरका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठित कम्युनिकेटर अवार्ड अभिनेता राजेश हमालले पाएका छन्।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डिटिएम, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर मुन प्रधान डिटिएमले संयुक्त रूपमा अभिनेता राजेश हमाललाई उक्त अवार्ड प्रदान गरेका थिए। उत्कृष्ट सञ्चार कौशल र अनुकरणीय योगदानका लागि अभिनेता हमाललाई ‘कम्युनिकेटर अवार्ड’ द्वारा सम्मानित गरिएको हो। 

उनी नेपाली चलचित्र उद्योगका ‘महानायक’ को रुपमा चिनिन्छन् । नेपालको सर्वाधिक लोकप्रिय अभिनेता राजेश हमाल विश्वभर बसोबास गर्ने लाखौं नेपालीहरूको सबैभन्दाप्रिय अभिनेता पनि हुन् ।

साे अवसरमा उनले भने, “यो अवार्ड ग्रहण गर्न पाउँदा म गौरवान्वितभएको छु । मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । अवश्य पनि यो सम्मानले मलाई भविष्यमाअझै राम्रो गर्न हौसला प्रदान गरेको छ ।”

सम्मेलनमा ‘आइ एम इन्टेग्रिटी’ थिममाप्यानल छलफल पनि गरिएको थियो । प्यानलमा भूषण दाहाल, अनिलशाहर रेशु ढुंगाना थिए भने छलफलको सञ्चालन ए डिभिजनका निर्देशक दिप्तीआचार्यले गरेका थिए । छलफलमा सबै प्यानल सदस्यहरूले व्यक्तिगत र व्यावसायिक जीवनमा इमान्दारिता कायम राख्नुपर्ने कुरामा प्रकाश पारेका थिए। 

डिभिजन सी निर्देशक रवीन्द्र प्रधानको संयोजकत्वमा भएको सम्मेलनमा टोस्टमास्टरका सदस्यहरूले आफ्नो गायन, नृत्य र हाँस्य–व्यंग्यप्रतिभाप्रदर्शन गरेका थिए। सम्मेलनलाई डिभिजन बि र डि का डाइरेक्टर जेनीमानन्धर र बृजेन्द्र रोचन जोशीले संयुक्त रुपमा समापन गरेका थिए ।  

हाल नेपालका दुई वरिष्ठ टोस्टमास्टरहरू सुमन शाक्य डीटीएम र मुन प्रधान डीटीएमले क्रमशः प्रोग्राम क्वालिटी डिरेक्टर र क्लब ग्रोथ डिरेक्टरको रूपमा ट्रायो मेम्बरको रूपमा डिस्ट्रिक्ट ४१ मा सेवा प्रदान गरिरहेका छन्।

Skip This
Logo