मौसम पूर्वानुमानः देशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित बर्षा हुने

मौसम पूर्वानुमानः देशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित बर्षा हुने


हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।  

यस्तै, राती भने  देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Logo