एनसेलले ल्यायो नयाँ योजना : मेरो प्लानमा निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा

एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् ।

यो योजना यही मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ । योजना अन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्ने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन् । त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्ने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै प्लान ९९९ सुचारु गर्ने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप यस योजना अन्तर्गतको भिडियो बोनस भिडियो डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्ने एनसेलको दाबी छ ।

एनसेलको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्ने बताएको छ । यस बाहेक, ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गरी योजनाको मजा लिन सक्ने एनसेलले जनाएको छ ।

एनसेलले ल्यायो नयाँ योजना : मेरो प्लानमा निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा