आज विश्व बाघ दिवस : नेपालमा पाटे बाघको संख्या दोब्बर हुुँदै

आज विश्व बाघ दिवस : नेपालमा पाटे बाघको संख्या दोब्बर हुुँदै


काठमाडौं ।

सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो ।

नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पुर्याउनु पर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ । गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उनले व्यक्त गरे । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो ।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजना अनुसार काम भइरहेको छ । यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ ।

सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो । नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । जस अनुसार नेपाल सबै मुलुकमध्ये लक्ष्य नजिक रहेको पहिलो मुलुक बन्ने दाबी बाघविज्ञ डा. चिरञ्जीवी पोखरेल गर्छन् । उनका अनुसार पाटे बाघ पाइने १३ मुलुकमध्ये कतिपयमा बाघ संरक्षणको पहल नभएको पाइएको छ । नेपाल, भारत, बङ्गलादेश र भुटान बाघ दोब्बर बनाउने अभियानमा हाल लक्ष्य उन्मुख छन् ।

चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनाम लगायतका देशमा बाघको सङ्ख्या उभो लाग्न सकेको छैन । विश्वमा कम्तीमा चार हजार पाटे बाघ रहेको अनुमान छ । हालसम्म भएका अध्ययन अनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ । पारिस्थितिक प्रणालीको मुख्य चर बाघ हो । यो रहे मात्र अन्य वन्यजन्तु रहने भएकाले पाटे बाघको वृद्धि जरुरी रहेको पोखरेलले बताए । बाघ वनकै सुन्दर वन्यजन्तु हो ।गोरखापत्रबाट

Skip This
Logo