सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने


सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गरिरहेको नेटा भी ब्रान्डका सवारी साधनका लागि कर्जा सुविधा उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा सीजिले प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको छ । 

सीजी मोटर्सका ग्राहकहरुले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्ने सम्बन्धमा सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र सीजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि सीजीले नेपालमा उपलब्ध गराएका गाडीहरु खरिद गर्दा बैंकमार्फत छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने छ । ग्राहकलाई प्रभु बैंकले ७ वर्षसम्मका लागि गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने कम्पनीले जनाएकाे छ । 

Logo