गोधुली साँझमा काठमाडौँ उपत्यकाको मनमोहक दृश्य (फोटो फिचर)

गोधुली साँझमा काठमाडौँ उपत्यकाको मनमोहक दृश्य (फोटो फिचर)


भिडभाड, भाग दौड अनि व्यस्त जिन्दगी, यो काठमाडौँको दिनचर्याको छोटो परिभाषा हो । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामै कामको चाप । त्यसैले होला एक सहरियाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन । तर यही व्यस्त सहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ । 

साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा लिन टाढा गइरहनु पर्दैन । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेसा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरूमा हँसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । 

जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रङ्गिन बन्छन् । नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँ कतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक । हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रङ्गिन देखिन्छन् । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौँ उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी तस्बिरहरू । 

 

Logo