समीक्षा अधिकारीको ‘डाँडै पिपल’ मा सुधिर र आरुषीको रोमान्स [भिडियोसहित हेर्नुहोस्]

समीक्षा अधिकारीको ‘डाँडै पिपल’ मा सुधिर र आरुषीको रोमान्स [भिडियोसहित हेर्नुहोस्]


गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  

गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको  डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा  मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोक शैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् । 

म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा  काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।

उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

Logo