कोशी प्रदेश नामकरणपछि पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने

कोशी प्रदेश नामकरणपछि पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने


कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले भोलि अर्थात् आइतबार वृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् । 

 चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

Logo