#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व573195635385429146992463403
नेपाल8864699183

कार्यसम्पादन सम्झौता अनुसार काम गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौता अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

आइतबार मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उहाँले आफू र मातहतका निकायले गरेको कार्यसम्पादन सम्झौता अनुसार काम गर्न आग्रह गर्दै यदि कुनै कठिनाइ भए जिम्मेवारीबाट हट्न आग्रह गर्नुभएको छ ।

मन्त्री पुनले भन्नुभयो, “मैले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यही अनुसार काम गर्छु, सचिवज्यूले म सँग सम्झौता गर्नुभएको छ । यस्तै सचिवसँग सहसचिव र अन्य अधिकारीले सम्झौता गर्नुभएको छ । सम्झौता अनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्याङ्कन हो । कार्यसम्पादनअनुसार काम नभएको भए आफ्नो जिम्मेवारीबारे पनि सोचौँ ।”

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यही अनुसार काम गर्न पनि निर्देशन दिनुभएको उहाँका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईले जानकारी दिनुभयो । मन्त्री पुनले थप कडाइका साथ भन्नुभयो, “प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन्, यस्तै हो चलिरहन्छ भन्ने कुरा जस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन, यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।”

उहाँले नीति तथा कार्यक्रम र बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्नसमेत आग्रह गर्नुभयो । राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न र कार्यस्थलमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि मन्त्री पुनको निर्देशन थियो । अन्तरमन्त्रालय र अरु निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैँले गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

समीक्षा बैठकमा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र जल तथा मौसम विज्ञान विभागलगायतका सरकारी कम्पनीका प्रमुखले प्रस्तुतीकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार