बलात्कार आरोपी सिद्दबाबा आइसीयूबाटै पक्राउ

इटहरी,

बलात्कारको आरोपमा सिद्दबाबा भनिने कृष्णराज गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ परेका छन्।

सुनसरी सताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध गत बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो।

मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो । त्यो कुरा थाहा पाए लगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो।

उनलाई आजै अदालत लगेर अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारीमा प्रहरी रहेको छ।

बलात्कार आरोपी सिद्दबाबा आइसीयूबाटै पक्राउ