राष्ट्रपति पौडेलले गरे कुमारीको दर्शन, भएन सवारीमा तामझाम

राष्ट्रपति पौडेलले गरे कुमारीको दर्शन, भएन सवारीमा तामझाम


राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको बसन्तपुरस्थित कुमारीघर पुगेर कुमारीको दर्शन गरेका छन् । शनिवार दिउँसो उनले कुमारी घरमा कुमारीको दर्शन गरेका हुन् । 

तर, आज राष्ट्रपति पौडेलको सो सवारीमा सडकमा नौलो दृश्य देखियो । उनी वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन । उनको सवारीमा आज बाटो खाली गराइएको थिएन, अगुवा र पछुवा २ वटा गाडी मात्र थिए । 

पछिल्लोसमय राष्ट्रपतिको सवारीमा सडक सुनसान गराइने र त्यसबाट सर्वसाधारणलाई सास्ती हुँदा भीआईपी सवारीप्रति चर्को आलोचना हुँदै आएको थियो । तर, गत साता मात्र राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आफूले त्यो परम्परा तोड्ने वाचा गरेका थिए । सो वाचा उनले आज पूरा गरेको बुझिएको छ ।

Logo