५२ मध्ये ५० स्थानको नतिजा आउँदा कहाँ कसले जिते ?

काठमाडौं,

शनिबार स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा रिक्त स्थानमा भएको उपनिर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । नतिजा अनुसार कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित भएका दलले जितेका छन् । अब धरान उपमहानगरपालिकाको मेयर र सोहि ठाउँको वडा नं. ७ को वडाध्यक्ष पदको नतिजा आउन बाँकी छ । यहाँ मेयरमा काँग्रेसले अग्रता बनाएको छ ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार ०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जितेका ६ स्थानीय तह अन्तर्गतका वडाको उपनिर्वाचनमा नेकपाले जितेको छ । यस्तै नेकपाले जितेका ६ वटा वडा र एउटा प्रदेशमा कांग्रेसले जित हात पार्दै परिणाम उल्टाएको छ ।

भक्तपुर १ ‘क’ मा यसअघि भएको निर्वाचनमा नेकपाका हरिशरण लामिछाने निर्वाचित भएकामा उपनिर्वाचनमा भने कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भएका छन् ।

उपनिर्वाचन अन्तर्गत दाङको प्रदेशसभा ३ (ख) मा नेकपाकी बिमलाकुमारी खत्री विजयी भएकी छिन् । उनले २४ हजार २८६ मत ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याए ।

प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बागलुङ २ को (ख) को अन्तिम परिणाम अनुसार सो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ११ हजार २३५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत ल्याएका छन् ।

सर्वाधिक चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी हुनुभएको छ । उहाँ २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै ०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जित हात पारेको बाजुराको त्रिवेणी १ मा उपनिर्वाचनको परिणाम नेकपाको पोल्टामा परेको छ । सो स्थानमा नेकपाका मनराज बुढा विजयी भएका हुन् ।

यता अछामको मल्लेख गाउँपालिका–५ मा पनि नेकपाका रमेशबहादुर खड्का निर्वाचित भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो ।

उता बाँकेको कोहलपुर–६ मा नेकपाले नतिजा उल्टाएको छ । यहाँ नेकपाका रामशरण थारू ८ सय मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भए । सो स्थानमा पहिले कांग्रेसले जितेको थियो ।

सिरहाको कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन् । सो वडामा यसअघि कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।

पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपा उम्मेदवार गजाधर भट्टराई निर्वाचित भएका छन् । सो वडामा अघिल्लोपटक कांग्रेसले जितेको थियो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गर्नुभएको हो । यहाँ यसअघि काँग्रेसले जितेको थियो ।

भोजपुरको पौवादुङ्मा १ मा नेकपाका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् । यसअघिको निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।

२०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेको रोल्पाको थवाङ–१ मा पनि नेकपा उम्मेदवार जनकबहादुर बुढा मगर १ सय ७४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको सो गाउँपालिकामा तत्कालीन प्रमुख प्रतिस्पर्धी चौधरीले जित हात पारेका हुन् ।

कांग्रेसले भने यसअघि नेकपाले जितेका ६ र राजपाले जितेका एक वडामा जितेको छ । कांग्रेसले यसअघि नेकपाले जितेको दाङको घोराही उपमहानगरपालिका–१६ मा जित हात पारेको हो । सो वडामा कांग्रेसका ताराबहादुर डिसी १ हजार २ सय १८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

अर्घाखाँचीको मालारानी ३ मा कांग्रेसका शोभाकर खनाल नेकपाका उम्मेदवारलाई हराउँदै विजयी भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा नेकपा विजयी भएको थियो ।

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला चितवनमा पनि कांग्रेसले नतिजा आफ्नो पक्षमा पारेको छ । भरतपुर १६ मा यसअघिको निर्वाचनमा नेकपाका उम्मेदवार निर्वाचित भएकामा उपनिर्वाचनमा कांग्रेसका अमृतराज हमाल ३ हजार १ सय ८३ मतसहित विजयी भएका हुन् ।

यसअघि नेकपाले जितेको मोरङको धनपालथान–२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।

बैतडीको दोगडाकेदार–४ मा पनि कांग्रेसले नतिजा उल्टाएको छ । यसअघि नेकपाले जितेको सो वडामा कांग्रेसका सुरेशप्रसाद भट्ट ५ सय ८४ मत ल्याएर निर्वाचित भएका हुन् ।

पहिले नेकपाले जित हात पारेको पाँचथरको हिलिहाङ–७ मा कांग्रेसले जितेको छ । सो वडामा कांग्रेसका तिलविक्रम इधिंगो ८ सय ४२ मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेसले यसअघि राजपाले जित हात पारेको क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाएको छ । रौतहटको गढीमाई–२ मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । समाजवादी पार्टीले पनि यसअघि कांग्रेस र नेकपाले जितेको स्थानमा जित हात पारेको छ । यसअघि कांग्रेसले जितेको बारागढी गाउँपालिका–१ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी ७ सय ४९ मत ल्याएर विजयी भएका छन् ।

सर्लाहीको हरिपूर्वा–१ मा पनि समाजवादीले नतिजा उल्टाएको छ । यसअघि नेकपाले जितेको सोे वडामा समाजवादीका श्यामबाबु राय विजयी भएका हुन् ।

राजपाले पनि यसअघि स्वतन्त्र उम्मेदवारले जितेको एक वडामा आफ्नो उपस्थिति देखाएको छ । कपिलवस्तुको शिवराज–१० मा राजपाकी मन्जु मिश्र ८ सय ६८ मत ल्याउँदै विजयी भएकी छन् ।

कसले कहाँ जिते
नेकपा

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका वीरबहादुर
कुरुम्बाङ विजयी

प्यूठानको प्यूठान नगरपालिका–२ मा नेकपाका
मुक्ति पोखरेल,
प्यूठानको ऐरावती गाउँपालिका–१ द्रोणप्रसाद पाण्डे,
बैतडीको पुरचौडी नगरपालिका–४ मा नेकपाका
शैलेन्द्र धानुक,
बाजुराको त्रिवेणी गाउँपालिका–१ मा मनराजे बुढा,
पाँचथर फिदिम नगरपालिका–१ मा नेकपाका
गजाधर भट्टराई,
अछामको मेल्लेख गाउँपालिका–५ मा रमेश खड्का,
सिरहाको कल्याणपुर नगरपालिका–१२ दिलिपकुमार यादव,
रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा कुलबहादुर बस्नेत,
बाँकेको कोहलपुर नगरपालिका–५ मा रामशरण थारू,
संखुवासभाको खाँदबारी नगरपालिका–१३ मा
भरतकुमार घिमिरे,
भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा जितेन्द्र राई,
बाग्लुङ बडिगाड गाउँपालिका–२ मा ढालप्रसाद शेरचन,
काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा
शिवभक्त बलामी,
धुलिखेल नगरपालिका–२ मा देवप्रसाद कोइराला,
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा
केदारप्रसाद आचार्य,
सल्यानको कुमाखमालिका गाउँपालिका–५ धर्मे बुढाथोकी,
लम्जुङको सुन्दरबजार नगरपालिका–२ नवीन श्रेष्ठ,
कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा कृष्णबहादुर तामाङ,
रोल्पा थवाङ–१ मा जनकबहादुर बुढा मगर,
खोटाङको साकेला गाउँपालिका–३ मा शिवकला राई,
गुल्मीको रुरु गाउँपालिका–२ मा गिरिप्रसाद सिँजाली,
पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा खिमबहादुर खरु मगर।

कांग्रेसले जितेका

बैतडी सुनर्या गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द,
पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा तिलविक्रम इधिंगो,
मोरङको धनपालथान गाउँपालिका–२ मा नारायणप्रसाद साह,
अर्घाखाँची मालारानी गाउँपालिका–३ मा शोभाखर खनाल,
भरतपुर महानगरपालिका–१६ चितवनमा अमृतराज हमाल,
चितवन खैरहनी–५ मा प्रतीमा कार्की,
खैरहनी नगरपालिका–४ चितवनमा देवबहादुर बस्नेत,
बैतडीको दोगडा केदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्ट,
घोराही नगरपालिका–१६ मा ताराबहादुर डिसी,
बलवा नगरपालिका–२ महोत्तरीमा विपिन पन्जियार,

समाजवादी पार्टी

सर्लाहीको हरिपुर्वा नगरपालिका–१ श्यामबाबु राय,
महोत्तरीको बलवा नगरपालिका–८ मा रामबाबु महतो,
पर्साको सखुवा प्रसौनी–५ मा रूपलालकुमार यादव,
बारागढी गाउँपालिका–१ मा सुरेशप्रसाद चौधरी,

राजपा

महोत्तरीको मटिहानी नगरपालिका–६ मा रामबाबु नायक,
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा प्रमिलादेवी यादव,
कपिलवस्तुको शिवराज नगरपालिका–१० मा मञ्जु मिश्र,

स्वतन्त्र

प्यूठान ऐरावती–२ मा स्वतन्त्र उमेदवार हिमेश घर्ती

ताजा समाचार

५२ मध्ये ५० स्थानको नतिजा आउँदा कहाँ कसले जिते ?