प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै


प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।

सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा (६०) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१०) बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ पेस गर्ने कार्यसुचि रहेको छ । 

Logo