यी १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

यी १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन


त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी रहेको छ । उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे छ ।

त्यस्तै विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३  क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ। यस्तै त्रिचन्द्र क्याम्पसमा  चैत ९ गतेका लागि निर्वाचन तोकिएको छ । 

उपत्यकामा आरआर क्याम्पस,अमृत साइन्स क्याम्पस,पाटन संयुक्त क्याम्पस,नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध रहेको छ। नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।
 
यस्तै धवलागिरि बहुमुखी क्याम्पस बागलुङ, सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा,पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस,पोखरा वन क्याम्पस,पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज,वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया रोकिएको छ । 

Logo