कर्णकुमार श्रेष्ठको स्मृतिमा ‘मनको सागर’ सार्वजनिक

काठमाडौं । स्वर्गिय कर्णकुमार श्रेष्ठको रचनामा गायक रामकृष्ण ढकाल, शिव परियार, अन्जु पन्त र बुनु श्रेष्ठ लगायतको स्वरमा रहेको गीत तथा गजल सङ्ग्रह ‘मनको सागर’ सार्वजनिक भएको छ । सोमबार चलचित्र निर्देशक तथा सँगीतकार यादव खरेलले एल्वम सार्वजनिक गरेका हुन् । चलचित्र निर्देशक तथा सँगीतकार खरेलले दिवंगत साहित्यकारको सृजना जोगाइराख्न र ती सृजनालाई जीवन्त बनाइराख्न  श्रेष्ठकी छोरी गायिका बुनु श्रेष्ठको कामबाट समाजले सिक्न सक्ने बताए ।

दिवंगत कर्णकुमार श्रेष्ठको नाकको अप्रेसन (हास्यव्यङ्ग्य सङ्ग्रह) ऋतमभरा (गजल सङ्ग्रह) मनको सागर (गजल सङ्ग्रह) मुखाले पोथी (बालकथा सङ्ग्रह) र उस्ताउस्तै मान्छे पुस्तक प्रकाशित छन् ।

सोमवार सार्वजनिक एल्वममा एल्वममा मनको सागर, पाइलापाइलामा, मरेको थिएँ, जूनैजूनको लगायतका गीत समावेश छन् ।

ताजा समाचार

कर्णकुमार श्रेष्ठको स्मृतिमा ‘मनको सागर’ सार्वजनिक