प्रचण्डले जनताको विश्वास गुमाइसके, अब नयाँ राज्य व्यवस्थाकाे बलियो आधार बन्दैछ -नेता वैद्य

प्रचण्डले जनताको विश्वास गुमाइसके, अब नयाँ राज्य व्यवस्थाकाे बलियो आधार बन्दैछ -नेता वैद्य


नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको दावी गरेका छन् । 

राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अव विश्वास गर्ने ठाउँ नरहेको उनको जिकीर थियो । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव बैद्यले ओलीलाई खत्तम पार्छू भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए । 

उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

महासचिव बैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि काँग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए । उनले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढ्ने अवस्था नरहेको समेत बताए ।

Logo