एन आई सी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडाैं । एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा पाउने भएका छन् । एन आई सी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौताभएसँगै अब डिजिटल च्यानलमार्फत् ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईज्यूले हस्ताक्षर गरेका हुन् ।

अब ग्राहकले एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नेछन् । एन आई सी एशिया बैंकको े मुलुकभर ३ सय १० शाखा कार्यालय, ३ सय ९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा उपलव्ध छन् ।

ताजा समाचार

एन आई सी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता