#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32104306982047743637423685885
नेपाल678044361741449954

आयल निगमद्वारा इन्धनको मूल्य बृद्धि

काठमाडौं,

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको छ। आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढेको हो।

नेपाल आयल निगमका अनुसार ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बरमा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपालमा पनि मुल्य बढेको हो। अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १०९ रुपैयाँ, डिजेल र मट्टितेलको ९७ रुपैयाँ पर्नेछ।

हवाई इन्धन तथा एलपि ग्यासको मुल्य भने हाललाई पुरानै कायम गरिएको समेत निगमले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार