नेपाल ल क्याम्पसमा क्रान्तिकारीका ढुंगेल विजयी

नेपाल ल क्याम्पसमा क्रान्तिकारीका ढुंगेल विजयी


नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विष्णु ढुंगेल विजयी भएका छन् । ढुंगेल नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट उम्मेदवार बनेका थिए । ढुंगेलले ५९१ मत प्राप्त गर्दा अनेरास्ववियुका कैलाश तामाङलाई ५३९ मत खसेको छ ।

१४ वर्षपछि भएको चुनावमा अखिल क्रान्तिकारीको ल क्याम्पसमा पहिलो जित हो । सचिवमा नेविसंघका मनोज सिंह र कोषाध्यक्षमा अनेरास्ववियुका संजिता नेम्वाङ विजयी भएका हुन् ।

Logo