तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगको तयारी

तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगको तयारी


निर्वाचन आयोगले तिन वटा निर्वाचन क्षेत्रमा एकै पटक निर्वाचन गराउने भएको छ । चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुई वटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ ।

आयोगले वैशाख १० गते नै चितवनमा उपनिर्वाचन गराउने क्रममा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन सकिने विषयमा प्रारम्भिक छलफल शुरू गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

‘चितवनमा उपनिर्वाचन गराउने बेलामै तनहुँ र बारा पनि निर्वाचन गराउँने बिषयमा सरकारसँग छलफल भएको आयोगले जनाएको छ । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्र रिक्त भएको थियो ।

त्यस्तै तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउनुपर्ने स्थिति उत्पन्न भएको छ । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रपनि खालि भएको छ 

Logo