सत्याग्रहीलाई कांग्रेसको समर्थन (भिडियोसहित)

सत्याग्रहीलाई कांग्रेसको समर्थन (भिडियोसहित)


काठमाडौं ।

नेपाली कांग्रेसका नेताहरुले बसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

नेताहरुले बसन्तपुर पुगेर आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न माग राख्दै सत्याग्रहमा बसेका युवाहरुको अभियानमा समर्थन रहेको बताएका हुन् । नेता प्रकाशमान सिंहले पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने, कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी वातावरण कदम चाल्न नसकेको बताए ।

आम जनतामा असुरक्षाको वातावरण बढ्दै गएकाले सरकारलाई गम्भिर हुन सत्याग्रहीहरुको माग रहेको उनले बताए । कांग्रेसले संसद र पार्टीको केन्द्रीय समिति बैठकबाट समेत कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने माग राख्दै आएको र अभियानमा संलग्न युवाहरुले स्वतन्त्ररुपमा उठाएका विषयहरु मेल खाएकाले पार्टीको समर्थन रहेको उनले बताए ।

नेपाल विद्यार्थी संघका पूर्वसभापति नैनसिंह महरले कुनै पनि समुदाय र वर्गबाट सरकारले गरेका गलत कामहरुको विरुद्धमा आवाज उठेमा त्यसको समर्थन कांग्रेसले गर्ने बताए ।

सिंह र महरसँगै कांग्रेस नेताहरु नवीन्द्रराज जोशी, रामहरी खतिवडा र काठमाडौं महानगरपालिकाका मेयर हरिप्रभा खड्की लगायतको सहभागिता रहेको थियो । शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नु पर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो । आफूहरुसँग गरेका प्रतिवद्धताहरु पूरा नभएपछि अभियन्ताहरुले सत्याग्रह सुरु गरेका हुन् ।

 

 

Logo