सबै क्याम्पसमा चैत १२ अघि स्ववियु निर्वाचन सकिसक्न त्रिविको आग्रह

सबै क्याम्पसमा चैत १२ अघि स्ववियु निर्वाचन सकिसक्न त्रिविको आग्रह


त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन हुन बाँकी सबै क्याम्पसहरूमा चैत १२ अघि नै निर्वाचन गरिसक्न आग्रह गरेको छ ।

त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले आइतबार विज्ञप्तिमार्फत ‘स्थगन भएका क्याम्पस तथा कलेजहरूमा आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्ग लगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ । 

लामो अन्तरालपछि  आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालयको आङ्गिक  तथा सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरुमामा स्ववियु निर्वाचन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । 

Logo